लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०७-२०
- A
- A-
- A+
मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १९ गते मोरङको विराटनगर-५ स्थितमा लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले BR50AD 0227 नम्बरको स्कुटरमा सवार सुनसरी देवानगंज गाउँपालिका-२ का बिकाश कुमार यादब र भारत बिहार पुर्णियाका कृष्ण कुमार मेहतालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा ५३ ग्राम १७ मिलिग्राम ब्राउन सुगर बरामद भएकोले दुबैलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी प्रहरी चौकी कुशेचौरीले पथरीशनिश्चरे नगरपालिका-९ का २३ बर्षीय कबिन कार्कीलाई ९३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।