प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ
२०८२-०७-१७
- A
- A-
- A+
उदयपुर, मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ । उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका-७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी-६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगरपालिका-९ का बल बहादुर बि.क.लाई १० किलोग्राम २३० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने बेलका-८ कोठु दोभान स्थित सप्तकोशी नदीमा २ वटा रबरको ट्युबमा ६ वटा बोरामा रेहेको १ सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरेको हो । यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका-१० का झलकनाथ अर्यालको साथबाट बिभिन्न प्रकारका प्रतिबन्धित औषधी १ सय १९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको प्रहरी चौकी भरौलले बराहक्षेत्र नगरपालिका-८ का ईन्द्र बहादुर परियारलाई ट्रामाडोल २५ क्याप्सुल र नियन्त्रित लागू औषध ४५ ट्याब्लेट सहित पक्राउ गरेको हो । यसका साथै लागू औषध नियन्त्रण ब्युरो विराटनगरले मोरङको सुन्दरहरैचा-४ का रोमन राई र केरावारी-१० का पुर्ण तामाङलाई १२ ग्राम ८१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर-१६ स्थितबाट नियन्त्रणमा लिएको छ ।