लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०७-१६
- A
- A-
- A+
झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १५ गते सुनसरीको इनरुवा नगरपालिका-४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. ३ प ६६२३ नम्बरको मोटरसाईकलमा सवार बराहक्षेत्र नगरपालिका- १ का सुशिल श्रेष्ठ र अहिम ताम्राकारलाई ५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा झापाले मेचीनगर नगरपालिका-६ बाट मकवानपुर हेटौडाका हिमाल मगरलाई ३९० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने मोरङको विराटनगर-१५ बाट भारत बिहार अररियाका ३६ बर्षीय मोहम्मद साहिदलाई ११ मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय रानी (सिमा)ले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।