लागू औषध ब्राउन सुगर र ट्याब्लेट सहित ४ जना पक्राउ
२०८२-०७-१४
- A
- A-
- A+
मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १३ गते मोरङको विराटनगर महानगरपालिका-५ बरगाछी चोक स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा संखुवासभाको खाँदबारी नगरपालिका-१ का रुपेश कुलुङ र तेह्रथुमको छथर गाउँपालिका-३ का कर्ण सुनुवारको साथबाट १२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको हरिनगर गाउँपालिका- ४ स्थितबाट प्र.१-०२-००४ ह ८३३५ नम्बरको सिटी सफारीमा लुकाई छिपाई ल्याउदै गरेको ट्रामाडोल १२ हजार ट्याब्लेट सहित सिटि चालक हरिनगर-५ का अख्तर अंसारी सहित २ जनालाई इलाका प्रहरी कार्यालय हरिनगरले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।