लागू औषध सहित ४ जना पक्राउ
२०८२-०७-१२
- A
- A-
- A+
झापा र उदयपुरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ११ गते झापाको गौरीगंज गाउँपालिका-५ स्थितमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-३ का २७ बर्षीय निमा दोर्जी तामाङ र ३८ बर्षीय सुक बहादुर राईलाई ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसगरी उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका-४ का २९ बर्षीय मौसम राई र बेलका नगरपालिका-१ का ३० बर्षीय बिजय परियारलाई ट्रामाडोल २३० ट्याब्लेट र डाइक्लोमाईन २५० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।