लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-०७-०२
- A
- A-
- A+
झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ०१ गते साँझ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर हिलिहाङ गाउँपालिका-६ का डम्बर बहादुर मैनालीको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला पारी प्रकाउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।