७० औं प्रहरी दिवसमा SEE तथा उच्च शिक्षा तर्फ सर्वोत्कृष्ट अंक ल्याउने कर्मचारीहरुका सन्तती पुरस्कृत
२०८२-०६-३०
- A
- A-
- A+
७० औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित विशेष कार्यक्रममा प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष प्रदेश प्रहरी कल्याण कोषबाट प्रदान गरिदै आएको SEE तथा उच्च शिक्षा तर्फका परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई स्नातक तहमा रु. ३५ हजार, +2 तर्फ रु. २५ हजार र SEE तर्फ रु. १० हजारका दरले प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल तथा प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेलद्वारा पुरस्कृत गरिएको छ ।