७० औं प्रहरी दिवसमा बिभिन्न बिधामा उत्कृष्ठ हुने प्रहरी कर्मचारीहरु पुरस्कृत
२०८२-०६-३०
- A
- A-
- A+
७० औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित विशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले बिभिन्न बिधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको छ ।
वहाँले कार्यालय व्यवस्थापन, अपराध अनुसन्धान,आन्तरिक तथा वाह्य प्रशिक्षण, सपोर्ट समुह लगायत प्रहरी कार्यमा महत्वपुर्ण योगदान पुर्याउनु हुने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक अनमोल खडका लागयत कोशी प्रदेश अन्तरगत विभिन्न कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको छ । यसै गरी ७० औ प्रहरी दिवस मुल समारोह समितिका अध्यक्ष प्रहरी वरीष्ठ उपरीक्षक गोबिन्द अधिकारीले कोशी प्रदेश प्रहरी गण विराटनगरका गणपति प्रहरी उपरीक्षक रुकेश तण्डुकार लगायत प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गर्नु भएको थियो ।