प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

७० औ प्रहरी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी भव्यताका साथ सम्पन्न

२०८२-०६-३०

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी संगठनको विधिवतरुपमा स्थापना भएको ७० औ वर्ष पुगेको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज ३१ गते “नागरीक प्रहरी सहकार्य सुरक्षाको लागी अपरीहार्य” भन्ने नाराका साथ ७० औ प्रहरी दिवस २०८२” भव्यताका साथ विविध कार्यक्रमहरुको आयोजना गरी मनाईएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसमा आयोजित विशेष कार्यक्रम कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्‍वर कार्कीको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि कार्कीले अमर प्रहरी स्मारकमा बटुकहरुको स्वस्ति बाचनका साथ पुष्पहार अर्पण गर्नु भएको थियो । यसै गरी बीर अमर प्रहरीको सम्मानमा शोक सलामी तथा मौन धारण गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरु,अमर प्रहरी परिवारहरु लगायत सम्पूर्णले अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी दिवसको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गर्नु भएको थियो भने उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्णमा स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय सदस्य अञ्जली तण्डुकार तथा नेपाल प्रहरी श्रीमति संघ कोशी प्रदेशका पदाधिकारीद्वारा अमर प्रहरी परिवारहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्‍वर कार्की, प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, अक्षयकोष तथा पुरस्कार कोषका संस्थापकहरुले विभिन्न विधामा अति उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण-पत्र प्रदान गर्नु भएको थियो भने SEE तथा उच्च शिक्षाको परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई छात्रबृत्ति प्रदान गर्नु भएको थियो । यसै गरी कार्यक्रममा प्रमुख अतिथि कार्कीले प्रहरीलाई निःशुल्क जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, अक्षयकोष तथा पुरस्कार कोषका संस्थापकहरुलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीलाई वहाँको उत्कृष्ठ कार्यको कदर गर्दै नगद पुरस्कारद्वारा पुरस्कृत गर्नु भएको थियो ।

पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि कार्कीले वीर अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत परिवार प्रति हार्दिक समवेदना तथा घाइते प्रहरी कर्मचारीहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । नेपाल प्रहरीले स्थापना कालदेखि अनेकौ आरोह अवरोहहरू पार गर्दै राष्ट्र, नेपाली जनताको सुख दुःखमा सदैव अग्रपङ्तिमा रही ईमान्दारी पुर्वक उत्कृष्ट सेवा प्रदान गर्दै आई रहेको बताउनु भयो । वहाँले विभिन्न विधामा पुरस्कार स्थापना गरी प्रहरीको मनोवल उच्च बनाउन प्रेरणा प्रदान गर्नु हुने कोषका संस्थापक विशिष्ट महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्नुका साथै पुरस्कृत प्रहरी कर्मचारीहरू तथा छात्रबृद्धि प्राप्त गर्ने जेहेन्दार विद्यार्थी भाई बहिनीहरूलाई बधाई दिनु भएको थियो भने प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्नु हुने ठुलो मन भएका सवैमा हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्तमा ७० औ प्रहरी दिवस २०८२ मुल समारोह समितिका अध्यक्ष एवं कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले अमर प्रहरी प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै प्रहरी संगठनप्रति गहिरो माया, सम्मान र प्रतिबद्धता दर्शाउँदै कार्यक्रमका प्रमुख अतिथि, उपस्थित प्रहरी परिवार तथा सन्ततिहरू, अमर प्रहरी परिवारका सदस्यहरू, वहालवाला तथा पूर्व प्रहरी कर्मचारीहरू लगायत सम्पुर्ण माहनुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

अपेक्षा फलको छेन सदा कर्तव्य चिन्तन ! आहुती प्राणको दिने तिमिमा अभिनन्दन !! धन्यवाद


सम्बन्धित समाचार
प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण, मनोबल उच्च राखी नागरिक र देशको हितमा सेवा प्रवाह गर्न निर्देशन ।
२०८२-०८-२९

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले मंसिर २९ गते जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु सहित सिमावर्ति इलाकामा खटिएका प्रहरी अधिकृतहरु समेतलाई प्रदेश प्रहरी प्रमुख घिमिरेले आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वँहाले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई त्रुटी रहित तवरले कार्य गर्न साथै कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले मनोबल उच्च राखी नागरिक र देशको हितमा सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ । निर्देशनकै क्रममा वहाँले आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण, पेण्डिङ मुद्दाको सफल अनुसन्धान गर्न र खुल्ला सिमा नाका भएको झापा जिल्लामा हुन सक्ने  सिमावर्ती अपराध, चोरी तस्करी, भन्सार छली, लागु औषध ओसार पसार नियन्त्रण गर्न कुनै पनी प्रकारको आर्थिक प्रलोभनमा नपरी शून्य सहनशिलतामा रही व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्दशन दिनु भएको छ । सोही क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेले विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको समेत निरीक्षण गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले प्रदेश प्रहरी प्रमुख घिमिरेलाई झापा जिल्लाको समग्र शान्ती सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।

छुरी प्रहार गरी हत्या गरेको आरोपमा बृद्ध पक्राउ
२०८२-०८-२९

पाँचथरको फाल्गुनन्द गाउँपालिका-६ खामेलकका ३६ बर्षीय प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ बर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २८ गते वर्ण सिंह आङदेम्बेको घरमा सामान्य बाद विबादको क्रममा प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गर्दा उनको घट्नास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोलीले वर्ण सिंह आङदेम्बेलाई छुरी सहित नियन्त्रणमा लिएको थियो भने कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक अनिश कुमार कर्ण सहितको प्रहरी टोली खटिएको थियो ।

लागूऔषध सहित ३ जना पक्राउ
२०८२-०८-२९

सुनसरी जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट मंसिर २९ गते लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहा स्थितबाट बा.१८ च ३८३४ नम्बरको कारको पछाडीको सिट र डिक्कीमा कालो प्लाष्टिक भित्र ५ वटा पोकामा लुकाईछिपाई राखेको १ सय ३० किलोग्राम लागू औषध गाँजा बरामद गरेसगै कार चालक ईटहरी-१७ पकलीका २४ बर्षीय करण साह र कारमा सवार मोरङको विराटनगर- ५ का २१ बर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिएको छ । त्यस्तै अस्थायी प्रहरी बिट जोरसखुवाले धरान-१६ बाट सोहि स्थानका २९ बर्षीय बिष्णु सुब्बालाई प्रतिबन्धित लागूऔषध ट्रामाडोल ५ सय २५ क्याप्सुल र डिक्लोमाईन ५ सय २५ ट्याब्लेट सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

बेवारिसे अवस्थामा ५ सय ८७ किलो ग्राम गाँजा बरामद
२०८२-०८-२८

सुनसरीको कोशी गाउँपालिका-८ स्थितबाट ५ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका-३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ । मंसिर २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ स्थितमा ११ वटा बोरामा रहेको  ५ सय ७७ किलो ग्राम गाँजा, इनरुवा नगरपालिका-३ स्थितबाट १० किलोग्राम गाँजा र २ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बेवारिसे अवस्थामा बरामद गरेको छ । लागुऔषध गाँजा र ब्राउन सुगर बरामद भए संगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भईरहेको छ ।   

प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ
२०८२-०८-२८

प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ विराटनगर, मंसिर २८ गते । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-५ का रण बहादुर मगरलाई २ ग्राम  २२० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा प्रहरी चौकी कर्सियाले धनपालथान गाउँपालिका-२ का राजिव चौधरी र सियाराम चौधरीलाई १३ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी उदयपुरको प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका-१३ का ससिकान्त चौधरीलाई ३ ग्राम ३५ मिलिग्राम त्रियुगा-४ का दाबेन्द्र मगर र त्रियुगा-९ का प्रेम चौधरीलाई १० ग्राम ०८९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सोही दिन सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ स्थितबाट उदयपुरको बेलका नगरपालिका-९ का कमलेश बस्नेतलाई ७ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ  भने वडा प्रहरी कार्यालय धरानले धरान-१० का निरफुङ बस्नेतलाई प्रतिवन्धित औषधी  ट्रमाडोल २३० चक्की र स्पासपेन  २० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।