“७० औं प्रहरी दिवस २०८२” को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
२०८२-०६-२९
- A
- A-
- A+
“ ७० औं प्रहरी दिवस २०८२” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । असोज २९ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कार्कीले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु लगायत प्रहरी जवान आधारभुत तालिमका प्रशिक्षर्थीहरु समेतले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल, कोशी प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी विषेश सुरक्षा गण दुहबी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीका प्रमुखहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।