ATM मेसिन तोडफोड गर्ने ब्यक्ती पक्राउ
२०८२-०६-२८
- A
- A-
- A+
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बयरवन स्थित रहेको प्रभु बैंक लिमिटेडको ATM मेसिन तोडफोड गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २७ गते अपरान्ह बराहक्षेत्र-१ खार खोलाका २७ बर्षीय संजिव राईले ATM मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरीरहेको छ ।