लागू औषध सहित ४ जना पक्राउ
२०८२-०६-२७
- A
- A-
- A+
झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २६ गते झापाको मेचीनगर नगरपालिका-१० बाट लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१५ का ३६ बर्षीय कुमोलाल राजबंशीलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पथरी मोरङले पथरीशनिश्चरे नगरपालिका-४ का २२ बर्षीय दसरथ राईलाई ट्रामाडोल ४१ क्याप्सुल र डाइजी ४९ ट्याबलेट सहित पक्राउ गरेको छ । त्यस्तै सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीले गढी गाउँपालिका-४ बाट स. २ प ७१४६ नम्बरको मोटरसाईकलमा सवार रहेका धनकुटा साँगुरीगढी गाउँपालिका-८ का अतिस राई र विशाल राईलाई २६ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।