पटका जन्य विष्फोटक पदार्थ बरामद
२०८२-०६-२६
- A
- A-
- A+
झापा र सुनसरी जिल्लाका बिभिन्न स्थानबाट प्रहरीले पटका जन्य विष्फोटक पदार्थ बरामद बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले चेकजाँचको क्रममा असोज २५ गते झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट अवैधरुपमा लुकाई छिपाई ल्याउदै गरको अवस्थामा करिव ४ लाख मुल्य बराबरको बिभिन्न किसिमको पटका जन्य विष्फोटक पदार्थ र तिहारमा बाल्ने झिलिमिली बल्व लाईट बरामद गरेको छ भने सुनसरीको देवानगंज गाउपालिका-४ स्थितबाट करिव ७३ हजार १ सय २० रुपैया मुल्य बराबरको पटका जन्य विष्फोटक पदार्थ बरामद बरामद गरेको छ ।