भन्सार छलीका अवैध सामग्री बरामद
२०८२-०६-२६
- A
- A-
- A+
सुनसरी जिल्लाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्रीहरु प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले चेकजाँको क्रममा असोज २५ गते सुनसरीको गढी गाउँपालिका-२ स्थितबाट को.१ ह ८१७० नम्वरको ओटो टेम्पोमा भन्सार छली गरी ल्याउदै गरेको करिव ५ लाख मुल्य बरावरको ५ सय पिस कुर्था सुरुवाल र देवानगंज गाउँपालिका-४ स्थिबाट करिव ४ लाख ५० हजार मुल्य बरावरको ९ सय पिस कुर्ता सुरुवाल बरामद गरेको छ । चेक जाँचकै क्रममा कोशी गाउँपालिका-७ स्थितबाट करिव ६३ हजार २ सय ८० रुपैया मुल्य बरावरको खाद्यान्नका सामग्री बरामद गरेको छ ।