लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०६-२४
- A
- A-
- A+
सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज २३ गते साँझ ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-१ का ३१ बर्षीय सनम श्रेष्ठ र कन्चनपुर भिमदत नगरपालिका-६ की २० बर्षीया निरा चुनारालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा निजहरुको साथबाट लुकाईछीपाई राखेको १४ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनाको आवश्यक थप अनुसन्धान भईरहेको छ ।