लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ४ जना पक्राउ
२०८२-०६-२१
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २० गते झापाको गौरिगंज गाउँपालिका-२ स्थितमा चेकजाँचको क्रममा १५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित मोरङ रतुवामाई नगरपालिका-३ का बिमल कामत र दमक नगरपालिका-८ का चन्दन रायलाई प्रहरी चौकी कोरोबारीले नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय बिराटचौक मोरङले प्रतिबन्धित औषधी ट्रमाडोल-९२ चक्की र डिकोलिक १०२ चक्की सहित सुन्दरहरैचा नगरपालिका-१० की ज्ञानी राई र सुन्दरहरैचा नगरपालिका-१२ का अमृत चौधरीलाई राईलाई पक्राउ गरको छ । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।