ठूलो परिमाणमा लागू औषध गाँजा सहित १ जना पक्राउ
२०८२-०६-२०
- A
- A-
- A+
सुनसरीको कोशी गाउँपालिका-७ स्थितबाट ठूलो परिमाणमा लागू औषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १९ गते राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धान बारी भित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव समेतलाई नियन्त्रणमा लिएको छ ।