बिधिवतरुपमा मौलो पुजा सम्पन्न
२०८२-०६-१५
- A
- A-
- A+
विराटनगर, असोज १५ गते ।कोशी प्रदेश प्रहरी गण विराटनगर परिसरमा बिधिवत रुपमा मौलो पूजा सम्पन्न भएको छ । असोज १५ गते बिहान शुभ साईतमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले बिधिवतरुपमा मौलोमा पूजाअर्चना गर्नुका साथै सङ्कल्प पूजा गर्नु भएको छ । शुभ साईतमा भएको पूजा अर्चना कार्यक्रममा प्रहरी उपरीक्षकहरु लगायत सिनियर तथा जुनियर अधिकृतहरु र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस भनि नेपाल प्रहरीले परम्परागत रुपमा मौलो पूजा गर्दै आईरहेको छ ।