लागू औषध सहित २ जना पक्राउ
२०८२-०६-१३
- A
- A-
- A+
सुनसरी र मोरङबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान- ४ स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले प्लास्टिको बोरामा प्याक गरि राखेको लागू औषध गाँजा २ सय ७५ किलिग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका- ८ का १९ बर्षीय बिबसन राईलाई नियन्त्रणमा लिएको हो भने कोशी गाउँपालिका- ५ स्थितबाट अस्थायी प्रहरी पोष्ट कटानले बेवारीसे अवस्थामा रहेको ४७ किलोग्राम गाँजा बरामद गरेको हो । त्यसैगरी भोक्राहानरसिंह गाउँपालिका- २ बाट प्रहरी चौकी भोक्राहाले ट्रामाडोल (६८६ पत्ता) ६ हजार ८ सय ६० क्याप्सुल बरामद गरेको हो । त्यस्तै मोरङको बिराटनगर- ११ बाट वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी गाउँपालिका- ४ की २१ बर्षीया इसिका मगरलाई ट्रामाडोल ४२ क्याप्सुल र डिकोलिक ६ पिस सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।