स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया
२०८२-०६-०९
- A
- A-
- A+
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय भोजपुर पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले भोजपुर जिल्लाका राजनैतिक दल, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, नागरीक समाज, बुद्धिजिवि र समाजसेवीहरुसँग परिचयात्मक कार्यक्रम साथै जिल्लाको वस्तुस्थितिको बारेमा अन्तरक्रिया कार्यक्रम समेत गर्नु भएको थियो ।
असोज ९ गते जिल्ला प्रहरी कार्यालय भोजपुरको सभाहलमा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले छलफल तथा अन्तरक्रियाको क्रममा समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रहरी सदैव तैनाथ रहने भएता पनि नागरिकको साथ र सहयोग अपरिहार्य रहेको बताउदै नागरिक र प्रहरी बिचको सम्वन्ध सुदृढ बनाई हातेमालो गर्दै अगाडि बढेमा शान्तिपूर्ण समाजको स्थापना हुनेमा सम्पूर्णमा विश्वास दिलाउनुका साथै उपस्थित महानुभावहरुबाट उठेका जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो ।