लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-०६-०९
- A
- A-
- A+
झापाको मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुल स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँडभिट्टा झापाबाट असोज ८ गते चेकजाँचमा खटिएको प्रहरी टोलीले भारत सिक्कीमका ३० बर्षीय मनोज राईलाई १ ग्राम ९ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले ९ गते ००:२० बजे बराहक्षेत्र नगरपालिका-१ रानि खोला स्थित सडक किनाराको झाडिमा बेबारीसे अवस्थामा रहेको १० किलोग्राम गाँजा बरामद गरेको छ ।