धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०६-०८
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालयको पत्र आदेशले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीलाई प्रदेश प्रहरी प्रमुख कार्कीले यस कार्यालयमा रहदा बस्दा पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै व्यक्तिगत, व्यवसायीक तथा पारिवारिक जीवनको प्रगतिको कामना गर्नु हुदै धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भएको छ ।
उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायात प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।