लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०६-०८
- A
- A-
- A+
झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०७ गते बिर्तामोड नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २५ बर्षीय मुस्ताज मुस्लिम र बिर्तामोड- ६ का २६ बर्षीय समिर खानलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-१ का ३३ बर्षीय हर्क बहादुर कुमाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर सहित अर्जुनधारा नगरपालिका- ११ का २६ बर्षीय बिरेन्द्र लिङ्देनलाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।