लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-०६-०४
- A
- A-
- A+
झापाको झापा गाउँपालिका- ४ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०३ गते दिउँसो साढे २ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानको २२ बर्षीय फिरोज आलमको साथबाट ३ ग्राम ९ मिलीग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।