लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८२-०५-२०
- A
- A-
- A+
झापा जिल्लाको छुट्ट छुट्टै दुई स्थानबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १९ गते झापाको कमल गाउँपालिका- ५ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगर सहित मोरङ विराटनगर- ८ का भोला अमात राय, भारत बिहारका आलम खान र दमक- ७ का राजिव मण्डललाई पक्राउ गरेको छ । त्यस्तै मेचीनगर नगरपालिका- ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका- ६ का प्रकाश विश्वकर्मा र बुद्धशान्ती गाउँपालिका- ४ का अशोक विश्वकर्मालाई १ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।