लागू औषध सहित ११ जना पक्राउ
२०८२-०५-१९
- A
- A-
- A+
मोरङ, सुनसरी, उदयपुर र इलामबाट लागू औषध सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १८ गते विशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय पथरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका- ६ का मिन बहादुर बस्नेतलाई उनकै घरको कोठाबाट ४९ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी सुनसरीको इटहरी उप महानगरपालिका-२ स्थितमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी कुकुर सहितको चेकिङ टोलीले चेकजाँचको क्रममा धरान-४ का अनिल राई, प्रेम बहादुर राई, झापा कमल गाउँपालिका-३ का सन्तोष बस्नेत र मोरङ सुन्दरहरैचा-२ का प्रतिक भण्डारीलाई ट्रमाडोल ८५० क्याप्सुल र स्पास ८५ क्याप्सुल सहित पक्राउ गरेको छ । सोही दिन जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका-९ स्थितबाट इलाम नगरपालिका-६ का रमेश श्रेष्ठ, सन्दकपुर-५ का मन बहादुर बुर्जा मगर र मोरङ पथरी शनिश्चरे- ९ का प्रकाश राईलाई ३ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले कटारी-४ का दिपेन राईलाई प्रतिबन्धित औषधी ४० ट्याव्लेट सहित, पुनम थापामगर र अभिषेक थापामगरलाई १ किलो १४० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।