लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०५-१८
- A
- A-
- A+
झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका- ४ स्थितबाट इनरुवा- ८ का दशरथ खवासलाई ३ ग्राम ४६ मिलिग्राम ब्राउन सुगर सहित र कोशी गाउँपालिका-१ बाट उदयपुर बेलका-५ का बिरधन तामाङलाई २ ग्राम ४२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका-११ का मुलुक मुण्डालाई १ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।