लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०५-१७
- A
- A-
- A+
झापा र इलामबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १६ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा अर्जुनधारा नगरपालिका- २ का २८ बर्षीय प्रकाश योङहाङको साथबाट २ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर फला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी प्रहरी चौकी फिक्कल इलामले मकवानपुर घर भई हाल सुर्यादय नगरपालिका- १० फिक्कल बजार स्थित डेरा गरी बस्दै आएका ३० बर्षीय डेबिड खरेल र सुर्यादय नगरपालिका- १० का ४० बर्षीय मनराज तामाङलाई १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।