लागू औषध बेचबिखनमा संलग्न फर्मा सञ्चालक सहित २ जना पक्राउ
२०८२-०५-१५
- A
- A-
- A+
सुनसरी र झापाबाट लागू औषध बेचबिखनमा संलग्न फर्मा सञ्चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १३ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा रहेको दिवाकर फर्माबाट प्रतिबन्धित लागू औषध बिक्री बितरण भईरहेको भन्ने बिषेश सुचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त फर्मामा खानतलासी गर्दा ट्रामाडोल ३ हजार क्याप्सुल र प्रेजेक्स ३ सय क्याप्सुल बरामद भए सगै फर्मा सञ्चालक किरण राजवंशी समेतलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले चेकजाँचको क्रममा बा. ४६ प ८४०२ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका- ४ का ४० बर्षीय इन्द्र बहादुर गुरुङलाई १६ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुन्सधान तथा कानूनी कारवाही भईरहेको छ ।