लागू औषध सहित ९ जना पक्राउ
२०८२-०५-१३
- A
- A-
- A+
झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १२ गते झापाको बिर्तामोड नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका-१० का विशाल विश्वकर्मालाई २ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुहको प्रहरी टोलीले धरान-२० का संगम राई, नन्द कुमार राई, देवानगञ्ज गाउँपालिका-१ का शत्रुधन यादव र देवानगञ्ज गाउँपालिका-७ का कपिलदेव यादवलाई २७ किलोग्राम गाँजा सहित धरान-१३ र २० स्थितबाट पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय पथरी मोरङले पथरीशनिश्चरे नगरपालिका-१० का सनमित धिमाल र पुनम माझीलाई १०० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी लालपत्ता उदयपुरले त्रियुगा नगरपालिका-१० का २५ बर्षीय राजेश मल्लिक र सप्तरी हनुमानगरका सुरेन्द्र साहलाई लागुऔषध १८ एम्पुल सहित पक्राउ गरेको छ ।