“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton), २०८२" को निरीक्षण अनुगमन भ्रमण कार्यक्रम सम्पन्न
२०८२-०५-१०
- A
- A-
- A+
“नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८२” अन्तरगत भदौ ८ गतेबाट कोशी प्रदेशमा शुभारम्भ भएको Police Baton भदौ १० गते सम्पन्न भएको छ । निरीक्षण अनुगमनको क्रममा पाल्नु भएका नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. सहितको केन्द्रिय मुल्याङकन टोलीबाट भदौ १० गते नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी सुनसरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थानपन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको कार्यालय भवन, सम्पूर्ण शाखाहरु, जनशक्ति व्यवस्थापन, अभिलेख व्यवस्थापन, प्रहरी कार्य, प्रशासनिक गतिबिधि, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनि गरिएका नविनतम कार्यहरु लगायत विविध विषयमा निरीक्षण तथा अवलोकन भएको थियो । यसै गरी निरीक्षण टोलीले नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी सुनसरीद्वारा प्रदर्शन गरिएको डेमोस्ट्रेसनको अवलोकलन समेत गर्नु भएको थियो ।
“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton), २०८२" मा कोशी प्रदेश अन्तरगत कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी सुनसरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थानपन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, विपद व्यवस्थापन गुल्म चन्द्रगढी झापा र प्रहरी चौकी बुधबारे मोरङको निरीक्षण तथा अनुगमन भएको थियो ।