लागू औषध सहित ६ जना पक्राउ
२०८२-०५-१०
- A
- A-
- A+
मोरङ, सुनसरी र पाँचथरबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ९ गते मोरङको विराटनगर-१७ स्थितबाट अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कटहरी गाउँपालिका-४ का महेन्द्र साहलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको प्रहरी चौकी मधुवनले बराहक्षेत्र नगरपालिका-११ स्थितबाट भारत विहार सुपोलका सुजन मुखिया र कोशी गाउँपालिका-६ का सुनिल मुखियालाई ट्रामाडोल १२ हजार ६ सय ट्याव्लेट सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय पाँचथरले कुम्मायक गाउँपालिका-४ का रविन लिम्वु, मिक्लाजुङ-१ का सुमन राई र फिदिम नगरपालिका-४ का बसन्त लिम्वुलाई ८ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।