लागू औषध ब्राउन सुगर सहित १० जना पक्राउ
२०८२-०५-०९
- A
- A-
- A+
मोरङ र झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ८ गते साँझ इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितमा संकस्पद अवस्थामा रहेका भारत दिल्ली जिल्ला कटिहार का ३० वर्षीय सद्दाम हुसेन र ३२ वर्षीय बमकिम कर्मकारलाई १ सय ४७ ग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय झापाले भदौ ८ गते भद्रपुर नगरपालिका-८ का २१ वर्षीय राज श्रेष्ठ र भद्रपुर-१० का २३ वर्षीय अलताप सेख, भद्रपुर-७ का १९ वर्षीय रमित राजवंशी, २९ वर्षीय सुमित पासी, धादिङ रुवीभ्याली-५ का २४ वर्षीय गुम लामा, काठमाण्डौ तारकेश्वर-६ का १९ वर्षीय न्यान्जी तामाङलाई २० ग्राम ४ सय ८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय सुरुङ्गा झापाले कनकाई नगरपालिका-२ का ३३ वर्षीय रमेश मुखिया सुनुवार र कनकाई-३ का ४२ वर्षीय चन्द्र पौडेललाई ३ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।