प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ
२०८२-०५-०६
- A
- A-
- A+
सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ६ गते जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी उप-महानगरपालिका १७ मा डेरा गरी बस्दै आएका सप्तरीको मलहनिया ३ का ३७ वर्षीय सत्य नारायण यादबलाई १२८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको केराबारी-८ का २५ बर्षीय हरि धमलालाई १ ग्राम ५ मिलिग्राम सहित, पथरी-१० का २४ वर्षीय अर्जुन चम्लागाई र ३५ वर्षीय हमे कुमार माझी ५ ग्राम ९८ मिलिग्राम सहित, धनकुटा सहिदभुमी-७ का ५० वर्षीय रुद्र बहादुर राईलाई ८ किलोग्राम लागू औषध गाँजा सहित, धरान उप-महानगरपालका-५ का १९ वर्षीय समिर माझीलाई Tramadol-५७३ क्याप्सुल, Dicyclomine-५५९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी झापाको प्रहरी चौकी कुञ्जिबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-५ का ३१ वर्षीय धनेस सहनीलाई ६ ग्राम १६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।