प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण, वर्तमान समय सापेक्ष अनुरुप प्रविधिको प्रयोग गरी समाजमा शान्ति सुरक्षा प्रभाकारी बनाउन निर्देशन
२०८२-०५-०५
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ ।
निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा वहाँले वर्तमान समय सापेक्ष अनुरुप प्रविधिको प्रयोग गरी समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिकमा प्रहरी सेवाको पहुँच सरल र सुलभ तवरले पुर्याउन तथा नागरिकहरुमा सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न आफ्नो पदिय जिम्मेवारी, आदेश निर्देशनको अक्षरस पालना गरी प्रहरी कार्य गर्नु पर्ने बताउनु भएको छ ।सिमित स्रोत साधनका बावजुद पनि धनकुटा जिल्लामा शान्ति सुरक्षा व्यवस्था मजवुद बनाई नागरिकहरुमा विश्वासिलो प्रहरी सेवा पुर्याउदै आएकोमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुका साथै संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा इमान्दारी पुर्वक लागि पर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीलाई जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत थापा क्षेत्रीले जिल्लाको बर्तमान शान्ती सुरक्षाको अवस्था, प्रहरी परिचालन, विपद उद्धार तथा समस्या र चुनौतीहरुको बारेमा अवगत गराउनु भएको थियो ।