प्रतिबन्धित लागू औषध सहित १० जना पक्राउ
२०८२-०५-०४
- A
- A-
- A+
झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट भदौ ३ गते प्रतिबन्धित लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमान्डौ, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट भारत दिल्लीका ४३ बर्षीय सागीरले बोकेको ब्यागमा स्पिकर भित्र लुकाएको १ सय ९० ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-५ स्थितबाट विहार अररियाका २९ वर्षीय ईम्तियाज अन्सारी र ३२ वर्षीय नुर हसनलाई १ सय ११ ग्राम २७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी झापाको प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का २५ वर्षीय आशिष तामाङ र २८ वर्षीय बिक्रम राईलाई १ ग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी महारानिझोडाले गौरादह-५ का २१ वर्षीय समिर सिवा र २५ वर्षीय शंकर सतारलाई बिभिन्न प्रकारका ४ सय क्याप्सुल लागू औषध सहित नियन्त्रणमा लिएको छ । यसका साथै लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी लौकहीले मोरङ सुन्दर हरैँचा नगरपालिका-११ का ४५ वर्षीय लोक बिक्रम साहलाई ३७ ग्राम ६२ मिलिग्राम सहित र जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-५ का ३२ वर्षीय बिशाल लिम्बु र ३५ वर्षीय गणेश तामाङलाई १७ ग्राम ३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा बसपार्क स्थितबाट नियन्त्रणमा लिएको हो ।