लागु औषध तथा प्रतिबन्धित औषधी सहित ८ जना पक्राउ
२०८२-०५-०१
- A
- A-
- A+
धनकुटा, उदयपुर, भोजपुर र मोरङबाट लागु औषध तथा प्रतिबन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३१ गते लागू औषध कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले सहिदभुमि गाउँपालिका- ६ का २७ बर्षीय अशोक राईलाई धनकुटा नगरपालिका- १ स्थितमा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ६१० क्याप्सुल र ७५४ ट्याब्लेट बरामद गरी नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको उदयपुरगढी नगरपालिका- ७ बाट अस्थायी प्रहरी पोष्ट हाडेबासले त्रियुगा- १० का २३ बर्षीय सुजन राउतलाई प्रतिबन्धित लागू औषध २०४ एम्पुल र ४ वटा सिरिन्ज सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय मधुमल्ला मोरङले मिक्लाजुङ गाउँपालिका- ९ बाट क्याप्सुल २२ वटा र १२ वटा गोटी सहित १९ बर्षीय राजु तामाङ, मिक्लाजुङ- ६ का सन्तोष थापा र मिक्लाजुङ- १ का २३ बर्षीय माधव श्रेष्ठलाई नियन्त्रणमा लिएको हो भने भोजपुरको अरुण गाउँपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले चेकजाँचको ट्रामाडोल ५९ ट्याब्लेट फेला षडानन्द नगरपालिका- १३ का २५ बर्षीय सन्तोष मगर, भोजपुर नगरपालिका- १० का २४ बर्षीय भबिन बि.क र भोजपुर नगरपालिका- ९ का २५ बर्षीय प्रदिप शेर्पालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।