लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८२-०४-३०
- A
- A-
- A+
मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २९ गते मोरङको रंगेली नगरपालिका- ९ स्थितमा लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत अररिया थाना सिक्टी मुरारीपुरका २९ बर्षीय राकेश प्रमाणी र ऱंगेली नगरपालिका- ५ का १९ बर्षीय रिंकु कुमार शर्मा समेतलाई ४१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनससरीको अस्थायी प्रहरी बिट जोरसखुवाको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल ५५० क्याप्सुल र डिकोलिक ५०० ट्याब्लेट सहित धरान- १६ का २२ बर्षीय रकिल राईलाई प्रक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।