नेपाल प्रहरी श्रीमती संघको “४१ औं” वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम ।
२०८२-०४-२१
- A
- A-
- A+
नेपाल प्रहरी श्रीमती संघको “४१ औं” वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । साउन २१ गते कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा सुनसरी र नेपाल रेडक्रस सोसाईटी विराटगरको सहकार्यमा कोशी प्रदेश प्रहरी अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा प्रहरी कर्मचारीहरुद्वारा रक्तदान गरिएको थियो ।
उक्त कार्यक्रमको नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी प्रशासन सचिव श्रीमती निशा मेहताले पानसमा दिप प्रज्जवलन गरी समुद्घाटन गर्नु भएको थियो । कार्यक्रममा अस्पतालका प्रा. प्रहरी नायव उपरीक्षक डा. सरोज सिंह, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।