दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-०४-२०
- A
- A-
- A+
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनुभएका प्रहरी निरीक्षक शेर बहादुर पराजुलीलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । साउन २० गते आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कार्कीले पदोन्नति हुनु भएका पराजुलीलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त भएका जिम्मेवारीलाई नयाँ उर्जाका साथ आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनु भएको छ । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी गणका गण प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार, प्रहरी उपरीक्षक आ. हरी डंगोल, पदोन्नती हुनुभएका प्रहरी निरीक्षक शेर बहादुर पराजुलीका परिवारका सदस्यहरु, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।