प्रतिवन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ
२०८२-०४-१९
- A
- A-
- A+
झापा, मोरङ र धनकुटाबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ परेका छन् । साउन १८ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका- ५ का २९ बर्षीय राजेन्द्र कुमार ताजपुरीया र शिवसताक्षी- ४ का २१ बर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर-१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका-७ का ३२ बर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले चौबिसे गाँउपालिका-६ का मुकेश बिश्वकर्मा र दिवश राईलाई २ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।