प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-०४-१५
- A
- A-
- A+
झापाको भद्रपुर नगरपालिका-३ स्थितबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । साउन १४ गते प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे. ६ प २५८२ नम्बरको मोटरसाईकल चालक हल्दिवारी-२ का २३ बर्षीय राजिब कुमार राजवंशीलाई ब्राउन सुगर १ ग्राम ४४ मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।