करेन्ट लागेर महिलाको मृत्यु
२०८२-०४-१३
- A
- A-
- A+
मोरङको मिक्लाजुङ गाउँपालिका-४ की ३३ बर्षीया प्रकृति राईको करेन्ट लागेर मृत्यु भएको छ । साउन १२ गते बिहान आफ्नै घरको शौचालयमा रहेको बिजुलीको तारबाट करेन्ट लागेर घाईते भएकी राईको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।