ब्राउन सगुर सहित २ जना पक्राउ
२०८२-०४-१३
- A
- A-
- A+
झापाको भद्रपुर नगरपालिका- ५ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १२ गते दिउँसो १ बजे प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा साईकल यात्री सोहि स्थानका २४ बर्षीय समरदेब राजबंशी र बिर्तामोड नगरपालिका- ५ का २७ बर्षीय रोसन शिवाको साथबाट १ ग्राम ७ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाहीको भईरहेको छ ।