प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेशमा आर्थिक बर्ष २०८१/०८२ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत २२ हजार भन्दा बढी सचेतनामुलक कार्यक्रम संचालन, २ लाख ३८ हजार भन्दा बढी लाभान्वित ।

२०८२-०४-१२

  • A
  • A-
  • A+
Share

समुदाय-प्रहरी साझेदारी कति राम्रो हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी भन्ने नाराका साथ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न सक्षम र सवल रहदै आईरहेको छ । समाजमा शान्ति सुरक्षा कायम राख्न गस्ती, पेट्रोलिङ, सुचना संकलन, शंकास्पद गतिविधिमा निगरानी तथा आपराधिक घटनामा तत्काल कारवाही गर्दै नागरिकलाई जनमैत्री प्रहरी सेवा प्रदान गर्न अरोरात्र परिचालित छ । प्रहरी र आम नागरिक बीचको सम्बन्ध सुदृढ बनाई समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्ने उदेश्यका साथ आम नागरिकहरुमा जनचेतना अभिवृद्धि गरी सचेतनाको कामीबाट हुने बिभिन्न घटना, दुर्घटना तथा अपराधहरुलाई नियन्त्रण तथा न्यूनिकरण गरी अपराधिक गतिबिधि लगायत अन्य अप्रिय घटनाहरुमा कमि ल्याउन कोशी प्रदेशको सुगम देखि अति दुर्गम स्थलहरुमा समेत समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत विभिन्न सचेतनामुलक कार्यक्रमहरु निरन्तर रुपमा संचालन गरी समाजमा शान्ती सुरक्षा स्थापना गर्दै आईरहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्थानिय पालिका, विभिन्न संघ संस्था, बिद्यालयहरुसंगको समन्वय र सहकार्यमा महिला हिंसा न्यूनिकरण, लागू औषध विरुद्ध जनचेतना, ट्राफिक नियम तथा सडक सुरक्षा, साईवर अपराध/ बिद्युतिय अपराध, आत्महत्या न्यूनीकरण, मानव वेचविखन तथा ओसारसार, घरेलु हिंसा, लैङ्गिक हिंसा, जातिय छुवाछुत, बहुविवाह, बाल बिवाह, बालबालिका उपर गरिने शरीरिक तथा मानसिक यातना, प्राकृतिक प्रकोप लगायत बिभिन्न विषयहरुमा जनचेतना फैल्याउनुको साथै कानूनी प्रावधानहरुको बारेमा समेत जानकारी गराउदै आईरहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रहरी कार्यलय खोटाङले ४ हजार १५५ वटा विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको छ । यसै गरी इलामले ३ हजार ५७९ वटा, सुनसरीले २ हजार १३५ वटा, सोलुखुम्बुले २ हजार १११ वटा, भोजपुरले १ हजार ९१७ वटा, झापाले १ हजार ५९८ वटा, धनकुटाले १ हजार २६० वटा, ओखलढुंगाले १ हजार १०७ वटा, उदयपुरले ८२४ वटा, संखुवासभाले ७७२ वटा, ताप्लेजुंङले ७३६ वटा, मोरङले ७०५ वटा, तेह्रथुमले ६०६ वटा र पाचँथरले ६०१ वटा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेका छ्न् । जसबाट २ लाख ३८ हजार भन्दा बढी सर्वसाधारणहरु लाभान्वित भएका छन् ।

कोशी प्रदेश प्रहरी समुदाय र प्रहरी बीचको सम्बन्धलाई मजबुत बनाई ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोवास गर्ने नागरिकहरुमा सुरक्षा चेतना, कानूनी ज्ञान दिलाई अपराध मुक्त समाज निर्माणको निम्ति सक्रियताका साथ निरन्तररुमा परिचालित छ ।

                   समुदाय-प्रहरी मिली गरौं हातेमालो, जनता र प्रहरी मिले हुन्छ देशको भलो ।।


सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।