खोलामा खेल्ने क्रममा डुबेर ४ बर्षीया बालिका घाईते
२०८२-०४-१२
- A
- A-
- A+
मोरङको विराटनगर महानगरपालिका- ६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर दीपक पासवानको ४ बर्षीया छोरी आरुषी पासवान घाईते भएकि छन। साउन ११ गते अपरान्ह ४ बजे घर नजिकै रहेको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा डुबिरहेको बेहोसअबस्थामा आफन्तले फेला पारी उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा ब्रेन डेथ भएको भनि डाक्टरले जानकारी गराए अनुसार थप उपचारार्थ नोवेल अस्पतालमा लगि भेन्टिलेटरमा राखी उपचार भईरहेको छ । घटना सम्वन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।