प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश प्रहरी लागू औषध बिरुद्धमा आक्रमकरुपमा प्रस्तुत

२०८२-०४-०७

  • A
  • A-
  • A+
Share

(आर्थिक बर्ष २०८१/०८२ मा चरेश, अफिम, ब्राउनसुगर र बिभिन्न मनोदिपक औषधी सहित बेचबिखन तथा ओसार पसारमा संलग्न १ हजार ९ सय ८५ जना पक्राउ) कोशी प्रदेश प्रहरी लागूऔषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न बिभिन्न किसिमको रणनिति सहित आक्रमक रुपमा अगाडि बढेको छ ।

लागू औषधको प्रयोगले मानविय जीवनमा नकारात्मक असर पुग्नुका साथै समाज र राष्ट्रलाई समेत यसले दिर्घकालिन रुपमा ठूलो क्षेति पुर्‍याउदछ । लागूऔषधको प्रयोगका कारण समाजमा हत्या, लुटपाट, चोरी लगायतका बिभिन्न प्रकारका अपराधिक घटना घट्ने सम्भावना ज्यादै हुने भएकोले यसको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गरी सामाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरी सवल र सक्षम रहेको छ । लागू औषधको प्रयोग तथा ओसार पसार कानूनद्वारा बर्जित कार्य हो भन्ने जानकारी हुँदा हुँदै पनि यसको प्रयोग, बेचबिखन तथा ओसार पसारमा संलग्न व्यक्ति वा समुहलाई निर्ममता पुर्वक कानूनी दायरामा ल्याउन कोशी प्रदेश प्रहरीले प्रभावकारीरुपमा प्रहरी परिचालन गरेको छ । अज्ञानताको कारण, उत्सुकता जागेर, साथी भाईको लहलहैमा, पारिवारिक तनाव लगायत बिभिन्न कारणको बाहना बनाई आफ्नो मनलाई स्थिर राख्न नसकि लागू पदार्थ सेवनको कुलतमा लागेका युवालाई त्यसबाट उन्मुक्ति दिलाउन कोशी प्रदेश प्रहरीले प्रदेश सरकार, स्थानिय तह, बिभिन्न संघ संस्थाहरुसंगको समन्वय र सहकार्यमा दुर्व्यसन विरुद्ध आमा, FAN (Fight Against Narcotics) कार्यक्रम मार्फत समुदायमा बिभिन्न सचेतनामुलक तथा संदेशमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

यसै गरी लागूऔषध बिरुद्ध सचेतनामुलक श्रव्यदृश्य भिडियो तथा अडियो सामग्री निर्माण गरी नेपाल टेलिभिजन,स्थानिय टेलिभिजन लगायत एफ.एम रेडियोहरुसंगको सहकार्यमा प्रसार गर्दैआईरहेको छ । कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न प्रहरीले लोकमार्ग तथा भित्रि सडक खण्डहरुमा चेकजाँज, सिमा नाका तथा संकित स्थानहरुमा प्रहरी कुकुर सहितको चेकजाँच, संकित व्यक्ति, यात्रुवाहक तथा मालवाहक सवारी साधनको चेकजाँच, सिमावर्ती भारतिय नाकाहरुमा कडाईका साथ प्रहरी परिचालन गरी लागूऔषधको ओसार पसार, बिक्रि वितरण तथा भण्डारण गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कडाईका साथ कनूनी दायरामा ल्याउदै आएको छ । लागूऔषधको प्रयोग, बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका व्यक्ति कि जेलमा कि सुधार गृहमा भन्ने उद्धेश्यका साथ कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न आक्रमकरुपमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय झापाले चरेश १ ग्राम ५६० मिलिग्राम, ब्राउन सुगर २ किलो ८८२ ग्राम ४६८ मिलिग्राम, विभिन्न मनोदिपक औषधी ६३ हजार ५६० वटा चक्की/ क्यापसुल, एम्पुल ३९ वटा, जिल्ला प्रहरी कार्यालय मोरङले १ किलो ७७० ग्राम ८३ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ८० हजार ९२३ वटा चक्की/ क्यापसुल, एम्पुल १ हजार ४८५ वटा, जिल्ला प्रहरी कार्यालय सुनसरीले चरेश २ ग्राम २८ मिलिग्राम,  ७२८ ग्राम ५३९ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ४ लाख २८ हजार ६८३ वटा चक्की/ क्यापसुल, एम्पुल ३१८ वटा बरामद गरेको छ ।

यसै गरी यस आर्थिक वर्षमा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालन भएको प्रहरी टोलीले चरेश ३ ग्राम ५ सय ८८ मिलिग्राम, अफिम १५ ग्राम ७ सय ७० मिलिग्राम, ब्राउन सुगर ५ किलो ४ सय ८९ ग्राम, बिभिन्न  मनोदिपक चक्की/ क्यापसुल  ६ लाख १५ हजार ७९ वटा, मनोदिपक एम्पुल २ हजार ६ सय ५४ वटा र अन्य विभिन्न मनोदिपक औषधी १ सय ९ वटा बरामद गरेको छ भने ओसार पसार तथा वेचबिखनमा संलग्न १ हजार ८ सय ८८ जना पुरुष र ९७ जना महिलालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । चेकजाँचमा कडाई भएकै कारण मलद्वार तथा शरिरको बिभिन्न भागमा लुकाएर लागू औषध ओसार पसार गर्ने व्यक्तिलाई पक्राउ गर्न तथा ठुलो परिमाणमा लागू औषधको कारोवारी गर्ने गिरोहलाई गोली प्रहार गरेर नियन्त्रणमा लिन कोशी प्रदेश प्रहरी  सफल भएको छ । लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसार नियन्त्रणको लागी प्रहरीको बिभिन्न प्रयासहरुमा साथ र सहयोग प्रदान गर्न हुन तथा त्यस्ता गतिविधि भए गरेको थाहा पाउनासाथ नजिकको प्रहरी तथा प्रहरी कन्टोलको नम्वर १०० मा फोन गरी सुचना प्रदान गरी दिन हुन आम नागरिकहरुमा कोशी प्रदेश प्रहरी हार्दिक अनुरोध गर्दछ ।


सम्बन्धित समाचार
फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित
२०८२-१२-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर- ०५ जस्तो अतिसंबेदनशिल निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएको, Gen-Z आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियाहरु र हिरासतबाट भागी फरार भएका प्रतिवादीहरु खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकको छेउमा रहेको खाली जग्गाको झाडीमा Y13487 नम्बरको मार्का-४ राईफल थान-१ र विभिन्न स्थानहरुबाट १९ जना प्रतिवादीहरुलाई पक्राउ गरेको साथै फागुन महिनामा जम्मा ३५ वटा मुद्दा दर्ता भएकोमा Gen-Z आन्दोलन सँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई १० वटा नै फर्छ्यौट भएको, Gen-Z आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघ संस्था तथा स्थानीय बासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्ण रुपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू पर्याप्त मात्रामा कार्यालयलाई उपलब्ध गराउने कार्यमा निरन्तरता दिई नेतृत्वदायी भुमिका निर्वाह गरेको, ध्वनी प्रदुषण गर्ने २१७ वटा मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरेको र चालु तथा पेण्डिङ मुद्दाका मिसिलहरु सम्बन्धित कार्यालयहरुसँग समन्वय गरी मिसिल पुनःनिर्माण गर्न भुमिका निर्वाह गरेको साथै हाल सम्म बिभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरु समेत पक्राउ गर्न अहम भुमिका निर्वाह गरी आम नागरिकहरु र जनमानसमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-०२

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०१ गते झापाको दमक नगरपालिका- ५ स्थितमा लागू औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका मोहन यादव र गौरीगंज गाउँपालिका- १ का प्रवेश राईलाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले मेचिनगर- ६ बाट मे. ६ प ७७२६ नम्बरको मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका- ७ का लाख बहादुर योंङहालाई २ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रण लिएको छ । त्यस्तै सुनसरीको कोशी गाउँपालिका- १ बाट इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले प्रदेश १-०२-०५३ प ५८२१ नम्बरको मोटरसाईकल चालक दुहवी- २ का सुशान्त चौधरी, मोटरसाईकल पछाडी सवार दुहवी- १० मेराज चौधरीलाई ८ ग्राम ११० मिलिग्राम सहित र भोक्राहा नरसिंह गाउँपालिका- ६ बाट मोरङ कानेपोखरी गाउँपालिका- ७ का शुरेन्द्र जिमीलाई ६ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र गाँजा सहित २ जना पक्राउ
२०८२-११-३०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र  गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका- २ औरावनी चोक स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका- ८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ बर्षीया मोनिका चौधरीले सटर भाडामा लिई संचालन गर्दै आएको शिव महिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वतरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- ३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह, कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-११-२९

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान-१३ स्थितबाट संखुवासभा सिलिचोङ गाउँपालिका-४ का २० बर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसताक्षी नगरपालिका-११ का ३२ बर्षीय शिवा मल्लिक र शिवसताक्षी-८ का कैलाश रणपयलीलाई १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।