प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश प्रहरी लागू औषध बिरुद्धमा आक्रमकरुपमा प्रस्तुत

२०८२-०४-०७

  • A
  • A-
  • A+
Share

(आर्थिक बर्ष २०८१/०८२ मा चरेश, अफिम, ब्राउनसुगर र बिभिन्न मनोदिपक औषधी सहित बेचबिखन तथा ओसार पसारमा संलग्न १ हजार ९ सय ८५ जना पक्राउ) कोशी प्रदेश प्रहरी लागूऔषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न बिभिन्न किसिमको रणनिति सहित आक्रमक रुपमा अगाडि बढेको छ ।

लागू औषधको प्रयोगले मानविय जीवनमा नकारात्मक असर पुग्नुका साथै समाज र राष्ट्रलाई समेत यसले दिर्घकालिन रुपमा ठूलो क्षेति पुर्‍याउदछ । लागूऔषधको प्रयोगका कारण समाजमा हत्या, लुटपाट, चोरी लगायतका बिभिन्न प्रकारका अपराधिक घटना घट्ने सम्भावना ज्यादै हुने भएकोले यसको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गरी सामाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरी सवल र सक्षम रहेको छ । लागू औषधको प्रयोग तथा ओसार पसार कानूनद्वारा बर्जित कार्य हो भन्ने जानकारी हुँदा हुँदै पनि यसको प्रयोग, बेचबिखन तथा ओसार पसारमा संलग्न व्यक्ति वा समुहलाई निर्ममता पुर्वक कानूनी दायरामा ल्याउन कोशी प्रदेश प्रहरीले प्रभावकारीरुपमा प्रहरी परिचालन गरेको छ । अज्ञानताको कारण, उत्सुकता जागेर, साथी भाईको लहलहैमा, पारिवारिक तनाव लगायत बिभिन्न कारणको बाहना बनाई आफ्नो मनलाई स्थिर राख्न नसकि लागू पदार्थ सेवनको कुलतमा लागेका युवालाई त्यसबाट उन्मुक्ति दिलाउन कोशी प्रदेश प्रहरीले प्रदेश सरकार, स्थानिय तह, बिभिन्न संघ संस्थाहरुसंगको समन्वय र सहकार्यमा दुर्व्यसन विरुद्ध आमा, FAN (Fight Against Narcotics) कार्यक्रम मार्फत समुदायमा बिभिन्न सचेतनामुलक तथा संदेशमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

यसै गरी लागूऔषध बिरुद्ध सचेतनामुलक श्रव्यदृश्य भिडियो तथा अडियो सामग्री निर्माण गरी नेपाल टेलिभिजन,स्थानिय टेलिभिजन लगायत एफ.एम रेडियोहरुसंगको सहकार्यमा प्रसार गर्दैआईरहेको छ । कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न प्रहरीले लोकमार्ग तथा भित्रि सडक खण्डहरुमा चेकजाँज, सिमा नाका तथा संकित स्थानहरुमा प्रहरी कुकुर सहितको चेकजाँच, संकित व्यक्ति, यात्रुवाहक तथा मालवाहक सवारी साधनको चेकजाँच, सिमावर्ती भारतिय नाकाहरुमा कडाईका साथ प्रहरी परिचालन गरी लागूऔषधको ओसार पसार, बिक्रि वितरण तथा भण्डारण गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कडाईका साथ कनूनी दायरामा ल्याउदै आएको छ । लागूऔषधको प्रयोग, बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका व्यक्ति कि जेलमा कि सुधार गृहमा भन्ने उद्धेश्यका साथ कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न आक्रमकरुपमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय झापाले चरेश १ ग्राम ५६० मिलिग्राम, ब्राउन सुगर २ किलो ८८२ ग्राम ४६८ मिलिग्राम, विभिन्न मनोदिपक औषधी ६३ हजार ५६० वटा चक्की/ क्यापसुल, एम्पुल ३९ वटा, जिल्ला प्रहरी कार्यालय मोरङले १ किलो ७७० ग्राम ८३ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ८० हजार ९२३ वटा चक्की/ क्यापसुल, एम्पुल १ हजार ४८५ वटा, जिल्ला प्रहरी कार्यालय सुनसरीले चरेश २ ग्राम २८ मिलिग्राम,  ७२८ ग्राम ५३९ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ४ लाख २८ हजार ६८३ वटा चक्की/ क्यापसुल, एम्पुल ३१८ वटा बरामद गरेको छ ।

यसै गरी यस आर्थिक वर्षमा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालन भएको प्रहरी टोलीले चरेश ३ ग्राम ५ सय ८८ मिलिग्राम, अफिम १५ ग्राम ७ सय ७० मिलिग्राम, ब्राउन सुगर ५ किलो ४ सय ८९ ग्राम, बिभिन्न  मनोदिपक चक्की/ क्यापसुल  ६ लाख १५ हजार ७९ वटा, मनोदिपक एम्पुल २ हजार ६ सय ५४ वटा र अन्य विभिन्न मनोदिपक औषधी १ सय ९ वटा बरामद गरेको छ भने ओसार पसार तथा वेचबिखनमा संलग्न १ हजार ८ सय ८८ जना पुरुष र ९७ जना महिलालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । चेकजाँचमा कडाई भएकै कारण मलद्वार तथा शरिरको बिभिन्न भागमा लुकाएर लागू औषध ओसार पसार गर्ने व्यक्तिलाई पक्राउ गर्न तथा ठुलो परिमाणमा लागू औषधको कारोवारी गर्ने गिरोहलाई गोली प्रहार गरेर नियन्त्रणमा लिन कोशी प्रदेश प्रहरी  सफल भएको छ । लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसार नियन्त्रणको लागी प्रहरीको बिभिन्न प्रयासहरुमा साथ र सहयोग प्रदान गर्न हुन तथा त्यस्ता गतिविधि भए गरेको थाहा पाउनासाथ नजिकको प्रहरी तथा प्रहरी कन्टोलको नम्वर १०० मा फोन गरी सुचना प्रदान गरी दिन हुन आम नागरिकहरुमा कोशी प्रदेश प्रहरी हार्दिक अनुरोध गर्दछ ।


सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।