लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०७
- A
- A-
- A+
झापा र सुनसरीबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ६ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका- ७ स्थितबाट ३० बर्षीय सुनिल चापागाई, नुवाकोट तादीका ३० बर्षीय मन कुमार दर्जी र निजको श्रीमती २६ बर्षीया शशी खत्रीलाई ब्राउन सुगर ३७ ग्राम ४९० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै अस्थायी प्रहरी चौकी अमरहाटले सुनसरीको धरान-१३ की २८ बर्षीया पुष्पा राईलाई ५ सय ८० मिलिग्राम ब्राउन सुगर सहित उनकै कोठाबाट र धरान- १७ बाट ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४ ट्याब्लेट सहित सोहि स्थानका २७ बर्षीय अन्जान विश्चकर्मालाई अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।