पौडी खेल्ने क्रममा खोलामा डुबेर २ बालकको मृत्यु
२०८२-०४-०५
- A
- A-
- A+
सुनसरीको इटहरी उप-महानगरपालिका-२ स्थित रहेको ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ । साउन ०४ गते अपरान्ह संखुवासभा चैनपुर नगरपालिका-१ घर भई इटहरी स्थित सानी आमाको घरमा बस्दै आएका बिष्णु लिम्बुको ११ बर्षीय छोरा क्रिश्वास लिम्बु र इटहरी-३ का दिपेश चौधरीको ८ बर्षीय छोरा दिप्सन चौधरी ट्याङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोली स्थानियको सयोगमा उद्दार गरी तत्काल उपचारको लागि क्रिश्वास लिम्बुलाई बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकीसिनवारी र दिप्सन चौधरीलाई नोबेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो ।