करेन्ट लागेर २ जनाको मृत्यु
२०८२-०४-०५
- A
- A-
- A+
मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०४ गते मोरङको बेलबारी- ८ स्थितमा रहेको कान्तिपुर वासिङमा वेल्डिङ काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका पर्सा बिरगंञ्जका २५ बर्षीय ईद मोहमद अन्सारीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकोको क्रममा मृत्यु भएको हो । त्यस्तै सुनसरीको इटहरी उप-महानगरपालिका-८ का ७२ बर्षीय तिलक चौधरीले आफ्नै घरमा रहेको साउण्ड सिस्टमको चुडिएको तार मर्मत गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।